
पर्वत, २२ फागुन । पर्वतमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिका बलात्कारको आरोपमा गोरखाको अजिरकोट गाउँपालिका–५ का दीप्न्द्र विकलाई प्रहरीले पक्राउ गरेको छ ।
सडकको लेवर कामको सिलसिलामा पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बसोबास गर्दै आएका २७ वर्षीय विकले ती बालिकालाई सोही ठाउँस्थित खाली घरमा लगी बलात्कार गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया