
काठमाडौं, २१ फागुन । आज फागुन २१ गते अर्थात् सहिद स्मृति दिवस ।
पचास वर्ष अगाडि आजकै दिन नेपाली कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी भावधाराका साथ पुनर्गठन गर्ने उद्देश्यसहित सुरू भएको झापा विद्रोहका अग्रज योद्धाहरू रामनाथ दहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा चन्द्रगढी कारागारबाट निकालेर सुखानीको जङ्गलमा लगी कायरतापूर्ण हत्या गरिएको थियो ।
यसैबीच नेकपा एमाले यही फागुन ५ गतेदेखि देशभरका ७५३ वटै पालिका, मातहतका वडा र टोल–टोलसम्म सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत आजका सम्पूर्ण कार्यक्रम सुखानी घटनाको स्मरणमा केन्द्रित भएका छन् ।
नेकपा एमालेले तत्कालीन झापा र हाल इलामस्थित सुखानी बलिदान घटनाको स्मृतिमा आज ५०औँ सहिद दिवस कार्यक्रम आयोजना गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पार्टी केन्द्रीय कार्यालय च्यासलसहित देशभर कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौं

नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्र्तगत काठमाडौंको टोखा नगरपालिकाको नेकपा एमाले नगर कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता र टोखा नगर कमिटीका अध्यक्ष सत्यनारायण डंगोलको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
मिसन ग्रासरूट अभियानअन्तर्गत बागमती प्रदेशका संयोजकसमेत रहेका पाण्डेले मिसन ग्रासरूटमार्फत वडा देखि केन्द्रसम्म सुधार गर्न आवश्यक रहेकोले सबैलाई अभियानमा केन्द्रीत हुन आग्रह गर्नुभयो । उहाँले नेपालको आन्दोलनमा लोकतन्त्र ल्याउन बलिदान दिने सुखानी हत्याकाण्डमा हत्या गरिएका पाँचजना सहिदहरू नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठसहित नेपालका सबै सहिदहरूप्रति श्रदान्जलि व्यक्त गर्दै उहाँहरूको सपना पूरा गर्ने जिम्मेवारी सबै नेपालीको रहेको बताउनु भयो ।
सोही कार्यक्रममा पार्टी सचिव तथा मिसन ग्रासरुटअन्तर्गत बाग्मती प्रदेश अनुगमन समितिका संयोजक गोकर्ण बिष्टले सहिदहरूप्रति श्रदान्जली व्यक्त गर्दै पार्टी कमिटीमा संख्या धेरै र गुणस्तर कम रहेकाले मिसन ग्रासरुटअन्र्तगत पार्टीको सांगठनिक प्रक्रियालाई सुदृढ, व्यबस्थित र चलायमान गर्ने गरिने बताउनुभयो । पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने, पार्टीमा भएका समस्या पहिचान गरि पार्टीलाई सशक्त रूपमा चलायमान गराउने मिसन ग्रासरूटको लक्ष्य रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा शहिद नेत्र घिमिरेकी छोरी कल्पना घिमिरेले शहिद परिवारको अवस्था अत्यन्तै नाजुक रहेकोले शहिदका परिवारका लागि पनि पार्टीले केही योजना बनाएर अगाडी बढनुपर्ने बताउनु भयो । नगर कमिटी अध्यक्ष डंगोलले सम्पूर्ण नगर कमिटीका सदस्यहरूलाई आ–आफ्नो वडामा खटिएर काम गर्न र रिर्पोटिङ गर्न आग्रह गर्नुभयो ।
यस्तै, मिसन ग्रासरूट अभियानअन्तर्गत दक्षिणकाली नगरपालिकामा नेकपा एमाले नगर कमिटीको बैठक सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधि विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा सुखानीको जंगलमा सहादत प्राप्त गर्नु हुने वीर सहिदहरूप्रति श्रद्दाञ्जली व्यक्त गर्दै नगर कमिटीको पूर्ण बैठक बसेको हो । बैठकले नगरकमिटी भित्र रहेका ९ वटै वडाको बैठक लगायतका कार्य योजना तय गरिएको छ । बैठकमा प्रदेश र जिल्लाका प्रतिनिधिहरूकोसमेत उपस्थिति रहेको थियो ।
मधेश प्रदेश

नेकपा (एमाले) को पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अभियानअन्तर्गत मधेश प्रदेश सम्पर्क कमिटीको अभिमुखीकरण तथा विस्तारित भेला शनिबार काठमाडौंमा सम्पन्न भएको छ । प्रमुख अतिथि पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आतिथ्यता र मधेश प्रदेश सम्पर्क कमिटीका अध्यक्ष मोहम्मद जाकिर हुसेनको अध्यक्षतामा अभिमुखीकरण तथा भेला सम्पन्न भएको हो ।
मधेश प्रदेशका आठ जिल्लाका सम्पर्क कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा उपमहासचिव पृथ्वी सुब्बा गुरूङले प्रशिक्षण दिनुभएको थियो । पमहासचिव गुरूङले नेकपा (एमाले) देश र जनताको हितमा काम गर्ने एकमात्र पार्टी भएकाले एमाले पार्टी र यसका नेता कार्यकर्ता सधै जनतासँग जोडिएर जनताका समस्या समाधानमा क्रियाशील रहने बताउनुभयो ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा सम्पर्क कमिटीका इन्चार्ज लालबाबु पण्डित, केन्द्रीय सदस्य ममता गिरी, कल्पना थापा, नरेन्द्र श्रेष्ठ, इन्द्र भण्डारी लगायत नेताहरूले मिसन ग्रासरुट र यसको उद्देश्यकाबारेमा प्रकाश पार्नुभएको थियो । प्रशिक्षणका क्रममा नेताहरूले मधेशका आम जनतामा नेकपा (एमाले) को नीति, विचार, गन्तव्यबारे प्रस्ट पारी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्न एमालेमा गोलबन्द गर्ने काममा लाग्नुपर्ने बताउनुभएको थियो ।
स्याङजा

नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अभियानअन्तर्गत स्याङ्जाको नेकपा एमाले चापाकोट नगर कमिटीको आठौं पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी सचिव एवं केन्द्रबाट प्रतिनिधिका रूपमा खटिनुभएकी पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा पार्टी केन्द्रीय सदस्य राजिव पहारी, जिल्ला कमिटीका अध्यक्ष सूर्य गैह्रे (पारस), गण्डकी प्रदेश कमिटी सदस्य बुद्दिमान श्रेष्ठ लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो । बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले आम चुनावले पनि राजनीतिक समस्याको समाधान दिन नसकेको बताउनुहुँदै मुलुक अस्थिरतामा गएको बताउनुभयो । आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याई मुलुकमा स्थायित्व ल्याउनका लागि मिसन ग्रासरुट अभियानले भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कास्की

नेकपा एमाले पोखरा महानगर कमिटीको आयोजनामा आइतबार पोखरामा सहिद दिवस एवम् जेष्ठ कम्युनिस्ट सम्मान कार्यक्रम सम्पन्न भएको छ । पार्टी स्थायी कमिटी सदस्य, केन्द्रीय संगठन बिभाग प्रमुख एवम् गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतित्थ्यातामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा केन्द्रीय कमिटी सदस्य एवम् पोखरा महानगरका केन्द्रीय प्रतिनिधि मायानाथ अधिकारी, केन्द्रीय कमिटी सदस्य कृष्ण थापा, केन्द्रीय सल्लाहकार परिषद सदस्य टेकु नेपाली, प्रदेश कमिटीका उपाध्यक्ष मोहन रेग्मी, प्रदेश सचिवालय सदस्य डा. पुष्पा केसी भण्डारी र जिल्ला कमिटी अध्यक्ष मनबहादुर गुरुङ लगायत नेताहरूले कार्यक्रमलाई सम्बोधन गर्दै मिसन ग्रास रुट अभियानको उद्देश्य र आवश्यकताको चर्चा गर्नुभएको थियो ।
उहाँहरूले सहिदको बलिदान खेर जान नदिने र अग्रज कम्युनिस्टहरूको योगदानलाई नभुल्ने संकल्पसमेत व्यक्त गर्नुभयो । कार्यक्रममा पोखरा महानगरको ३३ वटै वडाबाट छनोट भई आउनुभएका १९७ जना जेष्ठ कम्युनिस्टहरूलाई सम्मान गरिएको थियो ।
यसैबीच, मिसन ग्रासरुटअन्तर्गत शुक्रबार कास्कीको मादी गाउँ कमिटीको विस्तारित बैठक बसी १२ वटै वडामा बैठक, भेला तथा प्रशिक्षण गर्ने, सदस्यता नवीकरण र विस्तार गर्ने, जनवर्गीय संगठनहरूको भेला गर्ने, फागनु २१ गते शहीद दिवसको अवसरमा पार्टीलाई योगदान गर्दै आउनुभएका अग्रजहरू, भूमिगत कालका सेल्टरदाता र सहिद परिवारका सदस्यको सम्मान गर्ने, जनप्रतिनिधि र पार्टी बीच अन्तरक्रिया कार्यक्रम गर्ने र विभिन्न संघ संस्थाका प्रतिनिधि, बौद्धिक एवं प्रबुद्धवर्गसँग छलफल गरी सुझाव लिने लगायत कार्यक्रमहरू तय गरिएको छ ।
केन्द्रीय सदस्य भगवती न्यौपानेको प्रमुख आतिथ्यता र गाउँ कमिटीका अध्यक्ष बालकृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य न्यौपानेले पार्टीभित्र रहेका गलत प्रवृत्ति अन्त्य गरी सुदृढीकरणका साथै शुद्धीकरण गर्ने मिसन ग्रासरुटको उद्देश्य रहेको बताउनुभयो । बैठकमा केन्द्रीय सल्लाहकार परिषद सदस्य पदम पौडेल, जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, प्रदेश सचिवालय सदस्यहरू पुष्पज्योती ढुङगाना, दामोदर बैरागीले पनि सम्बोधन गर्नुभएको थियो ।
रसुवा

रसुवा जिल्लामा नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत एमाले जिल्ला कमिटीको पूर्ण बैठक बसेको छ । आइतबार धुन्चेमा पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी ईन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष कर्नेल लामाको अध्यक्षतामा बैठक बसेको हो ।
कार्यक्रममा पार्टी पोलिट्ब्यूरो सदस्य एवम् केन्द्रीय प्रतिनिधि ईश्वरी रिजाल, पार्टीका केन्द्रीय सदस्य एवं सांसद रेशम लामा, केन्द्रीय सदस्य माधव आर्याल, प्रदेश कमिटी अध्यक्ष केशब पाण्डे, प्रदेश कमिटी सदस्यहरू, राष्ट्रीय युवा संघका केन्द्रीय सदस्यहरू सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा मिसन ग्रासरूटको औचित्य साथै एमालेलाई पहिलो पार्टी बनाउन खेल्नुपर्ने भूमिकाका विषयमा प्रमुख अतिथि साथै अन्य नेताहरूले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यस्तै पहिलो बैठकमा गरेका निर्णयहरूको अनुमोदन एवम् जिम्मेवारीको बॉडफाड़ गरी बैठक सम्पन्न भएको हो । यो चरणमा जिल्ला र पालिका केन्द्रीत अभिमुखिकरण, रिर्पोटिङ, कार्ययोजना निर्माण, जिम्मेवारी बाँडफाँड, अभियानको प्रचारात्मक कार्यक्रमको योजना तर्जुमा गरिएको छ ।
चितवन

नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य एवम् पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रङ्ग बदल्न सिपालु भएको बताएका छन् । मिसन ग्रासरूट अभियानअन्तर्गत नेकपा (एमाले) भरतपुर नगर कमिटीद्वारा आयोजित कमिटीको विस्तारित बैठकमा प्रमुख अतिथि बास्कोटाले कांग्रेसको पछि लागेर कम्युनिस्ट पार्टीहरूले समाजवाद ल्याउने नारा ‘काशी जाने कुतिको बाटो’ भएको बताउनुभयो ।
प्रचण्ड र माधव नेपालले कम्युनिस्ट आन्दोलनको विर्सजन गरेका उहाँको धारणा छ । पार्टी फुटाउँदा लगेको सिटसमेत गुमाएर गठबन्धन गरेकाले नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी ठूलो बनाउन नभई विर्सजन गर्ने बाटोमा लागेका उहाँले टिप्पणी गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि बास्कोटासहित एमालेका केन्द्रीय सल्लाहकार हरि सापकोटा, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमलराज पाठकलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नगर कमिटी अध्यक्ष शंकर थपलियाले पार्टीलाई तल्लो तहसम्मै सुदृढीकरण, संगठन निर्माण, सदस्यता नवीकरण र छलफल प्रशिक्षणका लागि एमालेले देशैभर ग्रासरूट अभियान चलाएको बताउनुभयो ।
जुम्ला

मिसन ग्रासरुटअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–२, भण्डारीबाडामा आज कार्यकर्ता भेला तथा वडा कमिटी पुनर्गठन गरिएको छ । केन्द्रीय सदस्य विष्णु रिजालको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष बलबहादुर भण्डारीको अध्यक्षतामा कार्यकर्ता भेला तथा वडा कमिटी पुनर्गठन गरिएको हो ।
प्रमुख अतिथि रिजालले दक्षिणपन्थी कांग्रेसको सेवा गर्ने वामपन्थी नामधारीबाट कम्युनिस्ट आन्दोलनलाई बचाउनुपर्ने बताउने भयो । पहिले कम्युनिस्ट पार्टीको प्रधानमन्त्रीलाई हटाएर कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउने अनि अहिले कम्युनिस्ट पार्टीबाट राष्ट्रपति बनाउने बेलामा कांग्रेसका उम्मेद्वारलाई अघि सार्नेहरूलाई कम्युनिस्ट भन्ने नैतिक र राजनीतिक अधिकार नभएको उहाँले बताउनुभयो । भेलाले हरिबहादुर भण्डारीको नेतृत्वमा नयॉ कमिटी गठन गरेको छ ।
भेलामा जिल्ला अध्यक्ष शान्तिलाल महत, प्रदेश सचिवालय सदस्य गोर्ख पेछाई, जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाही, नगर कमिटी अध्यक्ष धर्मेन्द्र रोकाया, अनेरास्वियुका केन्द्रीय सदस्य विराज भण्डारी, युवा संघका जिल्ला अध्यक्ष हरिश रोकायालगायतको उपस्थिति थियो । भेलाले वडाभित्रका भण्डारीबाडा, कुमाईबाडा र खोलिकोटमा पार्टी सदस्यता नवीकरण र विस्तारका लागि टोली पनि गठन गरेको छ ।
रामेछाप

मिनस ग्रासरूट अभियानअन्तर्गत शनिबार नेकपा एमाले सुनापति गाउँपालिका कमिटी रामेछापको विस्तारित बैठक सम्पन्न भएको छ । केन्द्रीय सदस्य कपिलदेव पोखरेलको प्रमुख आतिथ्यता र पालिका कमिटी अध्यक्ष ज्ञानकुमार योञ्जनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको नेकपा एमाले रामेछापका उपसचिव प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले पार्टीको कार्यदिशा र समसामयिक राजनीतिक अवस्थाको बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै वाग्मती प्रदेश कमिटी सदस्य टंकप्रसाद चौलागाईंले देश निर्माणमा समाजवादको आधार र एमालेको भूमिकाको विषयमा प्रशिक्षण दिनुभएको थियो । वाग्मती प्रदेश कमिटी सदस्य श्यामकृष्ण श्रेष्ठले एमाले र अन्य पार्टीको वैचारिक र राजनीतिक भिन्नताको बारेमा बोल्नु भएको थियो ।
पार्टी जिल्ला उपसचिव प्रकाशकुमार कार्कीले मिसन ग्रासरुटको उद्देश्य, संगठन निर्माण परिचालन र कार्यशैलीको बारे प्रकाश पार्नुभएको थियो । बैठकले पालिकाका सबै वडासम्म संगठन परिचालन र विस्तारको योजना बनाएको छ । यसैगरी सबै जनवर्गीय संगठनलाई समेत क्रियाशील बनाएर अभियानमा संलग्न गराउने निर्णय बैठकले गरेको छ ।
यसैबीच, मिसन ग्रासरूट अभियानअन्तर्गत नै रामेछापकै दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं २ गाउ कमिटीको बैठकले चैत चैत ८ गते पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला कमिटी सदस्य रत्नप्रसाद कँडेलको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष श्यामकुमार थापा मगरको अध्यक्षता बसेको बैठकले प्रशिक्षण कार्यक्रमका साथै सदस्यता नवीकरणको लागि बस्तीबस्तीमा पुग्नेगरी जिम्मेवारी तोक्ने, वडाका विभिन्न जनसङ्गठनहरू गठन/पुनर्गठन गर्ने निर्णय गरेको हो ।
यसैगरी फागुन २७ गते हुने रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा दोरम्बा बजार लगायतका उद्योगी व्यवसायीको सहभागिता गराई एमाले समर्थक उम्मेदवारलाई जिताउन प्रभाकारी भूमिका खेल्ने बैठकले निर्णय गरेको छ । बैठकमा एमाले गाउँपालिका कमिटी अध्यक्ष प्रेम लामाको पनि सहभागीता थियो ।
पर्वत
मिसन ग्रासरुट अभियानअन्तर्गत पर्वत जिल्लाको फलेवास नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय सदस्य एवं फलेवासका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएकी सावित्रा रानाको प्रमुख आतिथ्यता र नगर कमिटी अध्यक्ष देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकले टोल, वडा तथा जनसंगठनको गठन, पुनर्गठन, बैठक, सदस्यता नवीकरण लगायत अन्य रचनात्मक काम, जनजीविकाका मुद्धाहरू उठान गर्दै अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख अतिथि रानाले पार्टीका सबै तहका नेता तथा कार्यकर्ता मिसन ग्रासरूट अभियानमा परिचालित हुने हुँदा पार्टी सुदृढीकरण तथा विस्तारका लागि यो अभियान कोशेढुङ्गा सावित हुने बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषदका सदस्य गणेश शर्मा पौडेल, प्रदेश सचिवालय सदस्य मेघनाथ सुवेदी, प्रेम कुमार लामिछाने, प्रेम पौडेल, जिल्ला कमिटी सचिव गोविन्द पहाडी, सचिवालय सदस्य ईश्वरी भुसाल लगायतले अभिमुुखीकरण कार्यक्रममा मन्तव्य राख्नु भएको थियो ।
गुल्मी

नेकपा एमाले गुल्मीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ जिल्ला भर सञ्चालन भइरहेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार फागुन ९ गतेबाट सुरू भएको अभियान अन्तरर्गत जिल्लाका १२ वटा स्थानीय तहमा पालिका स्तरीय कार्यक्रम सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी गुल्मीका उप–सचिव धर्म बिश्वकर्माले बताउनुभयो ।
पालिकास्तरीय कार्यक्रम सम्पन्न भएलगत्तै फागुन १८ गतेबाट वडास्तरीय कार्यक्रम सञ्चालनमा रहेको बिश्वकर्माले जानकारी दिनुभयो । अभियान अन्तर्गत पार्टीका वडास्तरका कार्यक्रम फागुन २९ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको नेकपा एमाले गुल्मीले जनाएको छ । ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत पालिका स्तर, वडास्तर, टोल स्तर र पार्टी सदस्य स्तर अनुसारका कार्यक्रम बनाएर अभियान चलाइएको नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह जानकारी दिनुभयो ।
अभियानअन्तर्गत जिल्लामा केन्द्रीय प्रतिनिधीका रूपमा ४ जना केन्द्रीय नेता खटिनुभएको छ । जसअनुसार पोलिट्व्यूरो सदस्य ठाकुर गैरे र जिल्ला प्रतिनिधी नेकपा एमाले जिल्ला कमिटी गुल्मीका उप–सचिव धर्म बिश्वकर्मासहितको टोलीले रुरु क्षेत्र, कालिगण्डकी र सत्यवति गाउँपालिकामा मिसन ग्रासरुटका कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्यस्तै केन्द्रीय सदस्य सृजना काफ्ले र जिल्ला कमिटी उपाध्यक्ष कृष्ण सुनार सहितको टोलीले गुल्मीदरवार, चन्द्रकोट र छत्रकोटमा अभियान सञ्चालन गरिरहेको छ ।
एमाले केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का र जिल्ला कमिटी उप–सचिव साबित्रा आचार्यसहितको टोलीले रेसुङ्गा नगरपालिका, धुर्कोट र मदाने गाउँपालिकामा अभियान सञ्चालन गरिरहेको छ । यस्तै, केन्द्रीय सदस्य बलराम अधिकारी र नेकपा एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीसहितको टोलीले मुसिकोट नगरपालिका, मालिका र इस्मा गाउँपालिकामा अभियान सञ्चालन गरिरहेको छ ।
नवलपुर

नेकपा एमाले नवलपुरले ‘मिसन ग्रासरुट’ अभियानलाई तिब्रता दिएको छ । गत फागुन १३ गते शनिबार पार्टी जिल्ला कमिटीको बैठक सम्पन्न गरी अभियानलाई अघि बढाउन वडास्तरसम्मको जिम्मेवारी तोकिएको एमाले जिल्ला सचिब भीमलाल अधिकारीले जानकारी दिनुभयो । मिसन ग्रासरुटअन्तर्गत आइतबार कावासोति नगर कमिटीद्वारा विस्तारित बैठक सम्पन्न गरेको छ ।
अभियानका लागि केन्द्रबाट खटिनुभएका पार्टी केन्द्रीय सदस्य भीम कार्कीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा अभियानकै लागि प्रदेशबाट खटिनुभएका प्रतिनिधि गण्डकी प्रदेश सभा तथा केन्द्रीय लेखा आयोग सदस्य तथा पद्मा जीसी लगायतका नेताहरूको सहभागीता रहेको थियो । बैठकमा बोल्दै प्रमुख अतिथि कार्कीले पार्टी प्रशिक्षणको माध्यमबाट पार्टी र देशलाई अवसरवादमुक्त बनाउन ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभयो ।
अभियानले पार्टीलाई सुदृढ बनाउनुका साथै पार्टीलाई बलियो बनायर लैजाने उहाँले बताउनु भयो । एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले एमाले पार्टीको चुनौतीको रूपमा रहेको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्यका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभयो ।
अध्यक्ष पाण्डेले अनुसार हाल सम्म देवचुली नगरपालिका, गैंडाकोट नगरपालिका, बौदिकाली गाँउपालिका, हुप्सेकोट गाँउपालिका कमिटीमा अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन पालिका कमिटिको बैठक सम्पन्न गरीएको र फागुन २९ गते सम्म सबै पालिकाको बैठक सम्पन्न गरी सकिने जानकारी दिनुभयो ।
अभियानमार्फत जनताको घरदैलोमा पुगेर एमालेले सरकारमा रहँदा गरेका राम्रा कामहरूको प्रचारप्रसार गरिने र सङ्गठन सुदृढीकरण तथा विस्तारलाई जोड दिइने उहाँले बताउनुभयो । अभियानको क्रममा पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण, टोल कमिटीहरू गठन तथा पुर्नगठन गर्ने, स्थानीय समस्याहरू बुझ्ने र सामाधान गर्न पहल गर्ने पाण्डेले बताउनुभयो ।















प्रतिक्रिया