३० आश्विन २०८३, शुक्रबार

सरकारमा संलग्न र समर्थकहरूले सत्तास्वार्थको राजनीति गरे, मुलुक अप्ठेरोमा पर्‍यो : केपी ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारमा रहेका र सरकारलाई समर्थन गरिरहेका दलहरुले सत्तास्वार्थको राजनीति गरिरहेको बताएका छन् ।

सुखानी बलिदानको स्मृतिमा नेकपा एमालेले आइतबार काठमाडौंमा आयोजना गरेको ५०औँ सहीद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले स्वार्थको राजनीतिक गर्दा मुलुक अप्ठेरो अवस्थामा पुगेको समेत बताएका हुन् ।

उनले केही दलले स्वार्थको राजनीति गर्दा एमालेलाई कुनै अप्ठेरो नभए पनि यसका कारण देशको अर्थतन्त्र र राष्ट्रिय स्वाधीनतामा असर परिरहेको ओलीको भनाइ छ । ओलीले मुलुकको राष्ट्रिय हित, राष्ट्रिय स्वार्थविपरीतका काम गर्न खोजे एमालेले सफल हुन नदिने स्पष्ट पारे ।

त्यस्तै उनले २०५२ सालपछि राजनीतिक स्वार्थका लागि मानिस मारिएको जिकिर गरे । ६३ सालमा वृहत् शान्ति सम्झौता भएको र ६५ सालमा राजतन्त्र संविधान सभाले हटाएकाले यसको श्रेय जनयुद्धलाई जान नक्ने उनको भनाइ छ ।

झापा विद्रोहका अग्रज योद्धाहरु रामनाथ दहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा चन्द्रगढी कारागारबाट निकालेर सुखानीको जङ्गलमा लगी २००९ फागुन २१ गते हत्या गरिएको थियो । हत्या भएको दिनलाई एमालेले सहीद दिवसका रुपमा मनाउँदै आएको छ ।