३० आश्विन २०८३, शुक्रबार

कांग्रेस छोडेर एमाले प्रवेश गरे रुपाका कुमाल दाजुभाइ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २१ फागुन । कास्कीको रुपा गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी दुई जना कुमाल दाजुभाइ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेमा राजेन्द्र कुमाल र भीमबहादुर कुमाल छन् । उनीहरूलाई एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले टीका र खादा लगाएर पार्टीमा स्वागत गरिन् ।

पार्टीले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत रूपा गाउँपालिकाको वडा नम्बर ३ पोल्याङमा आयोजित वडास्तरीय भेलामा उनीहरू नेकपा एमाले प्रवेश गरेका हुन् ।

कार्यक्रममा अग्रज व्यक्तित्व प्रेमजंङ्ग शाही र जुक्तबहादुर माललाई सम्मान गरिएको थियो ।