
काठमाडौं, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने भएको छ ।
यसअघि विश्वासको मत नदिने निर्णय गरेको नाउपाले निर्णय बदल्दै विश्वासको मत दिने निर्णय गरेको हो । केन्द्रमा शीर्ष नेताहरूबीच सहमति भएको भन्दै विश्वासको मत दिने निर्णयमा पुगेको नाउपा सुदूरपश्चिमले जनाएको छ ।
यसअघि माओवादी केन्द्रले पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ठाडो निर्देशनमा विश्वासको मत दिने निर्णय गरेको थियो । शनिबार माओवादी केन्द्र सुदूरपश्चिमले पनि विश्वासको मत नदिने निर्णय गरेको थियो ।
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदैछन् ।















प्रतिक्रिया