
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झापा विद्रोहका सहिदहरु प्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत झापा विद्रोहमा लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान दिने सहिदहरु नेत्र घिमिरे, रामनाथ दहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठप्रति श्रद्धासुमन व्यक्त गरेका हुन् ।
‘लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्नुहुने झापा विद्रोहका महान सहिदहरू नेत्र घिमिरे, रामनाथ दहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।















प्रतिक्रिया