
काठमाडौं, २१ फागुन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर साहलाई विश्वासको मत नदिने निर्णय गरेको सुदूरपश्चिम माओवादी केन्द्रले आफ्नो निर्णय फिर्ता लिँदै विश्वासको मत दिने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा प्याकेजमा निर्णय हुनुपर्ने माग गर्दै माओवादी केन्द्रले शनिबार मुख्यमन्त्री साहलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।
तर, प्रधानमन्त्रीसमेत रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत दिन ठाडो निर्देशन पठाएपछि विश्वासको मत दिने भएको हो ।
काँग्रेसका मुख्यमन्त्री साहलाई विश्वासको मत नदिँदा त्यसको प्रभाव केन्द्रमासमेत पर्न सक्ने हुनाले प्रचण्डले विश्वासको मत दिन ठाडो निर्देशन दिएका हुन् ।















प्रतिक्रिया