
काठमाडौं, २१ फागुन । ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
चिसंखुगढी नगरपालिका-३ दियालेमा जिप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । ना १ ज ८४७३ नम्बरको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चिसंखुगढी नगरपालिका-३ का स्थानीय भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठ रहेका छन् । घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।















प्रतिक्रिया