
काठमाडौं, २१ फागुन । उदयपुरमा प्रहरीले अवैध लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–४ का २२ वर्षीय ललित सिंह रहेका छन् । उनलाई पश्चिमी क्षेत्र कटारी नगरपालिका–१ बेलस्रोतस्थित कालिखोलाबाट प्रदेश.२–०१–००१ प १५२६ नम्बरको स्कुटरसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सिंहको साथबाट प्रहरीले २२ केजी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश पोदारले बताए ।
बेलस्रोत क्षेत्रबाट प्रतिबन्धित गाँजा ओसारपसार हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी बेलस्रोतबाट खटिएको टोलीले सिंहलाई पक्राउ गरेको हो ।












प्रतिक्रिया