
काठमाडौं, २१ फागुन । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिने भएको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपरान्ह मतदाता नामावली प्रकाशन हुने भएको हो ।
आज प्रकाशित हुने मतदाता नामावलीमाथि फागुन २५ गते दावी विरोध गर्ने समय तोकिएको छ ।











प्रतिक्रिया