३० कार्तिक २०८३, सोमबार

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैँ, माओवादीले विश्वासको मत नदिने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिने लिने भएका छन् ।

मुख्यमन्त्री शाहले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

केन्द्रमा नेपाली कांग्रेस, नेकपा माओवादी, नागरिक उन्मुक्ति लगायत दलको समीकरण बनेपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका हुन् ।

मत लिनेबारे शाहले शुक्रबार प्रदेश सभाका सभामुखलाई पत्र पठाएर जानकारी गराएका छन् ।

नेकपा एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यसैबीच, नेकपा माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नदिने निर्णय गरेको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो । बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाउने निर्णय गरेको माओवादीका सांसद अक्कल रावलले जानकारी दिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, एमालेका १०, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना रहेका छन् ।