३० आश्विन २०८३, शुक्रबार

पार्टीलाई बलियो र पहिलो बनाउने मिसन हो ‘मिसन ग्रासरूट’ अभियान : पार्वत गुरूङ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २० फागुन । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले एमालेलाई बलियो र बहुमतसहित पहिलो शक्ति बनाउने अभियान ‘मिसन ग्रासरूट’ भएको बताएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ११ को वडा कमिटी बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न षडयन्त्र र घेराबन्दीको बीचमा पनि लोकप्रिय मतमा पहिलो हुनु नेकपा एमालेले राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्विका लागि लिएको अडान र भूमिकालाई नेपाली जनताले अनुमोदन गरेको बताए ।

नेता गुरूङ्गले पार्टी नेता र कार्यकर्तामा सिद्वान्त र व्यवहारमा एकरूपता ल्याउने र एकढिक्का भएर क्रियाशील हुन, पार्टीलाई बलियो र पहिलो शक्ति बनाउन मिसन ग्रासरूट सञ्चालन गरिएको बताए । जनप्रतिनिधि, सामाजिक, सामुदायिक संगठन र पार्टीबीचमा समन्वय गरेर कार्य गर्दा जनताको हितमा बढी कार्य गर्न सकिने उनको भनाइ छ ।

नेकपा एमाले ईमान्दार, अनुशासित कार्यकर्ता र जनआधारित बलियो कम्युनिष्ट पार्टीको लागि सुदृढ र विस्तार कार्य निरन्तर सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।