३० आश्विन २०८३, शुक्रबार

प्रचण्ड र माधव दक्षिणपन्थी चंगुलमा फसे : भट्टराई

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, २० फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल घोर दक्षिणपन्थी शक्तिको चंगुलमा फसेको बताएका छन् ।

पार्टीको मिसन ग्रासरुट अभियानअन्तर्गत आज सिन्धुपाल्चोकको बलेफी गाउँकपालिका कमिटीद्वारा खाडीचौरमा आयोजित विस्तारित भेलामा उनले प्रचण्ड र माधव नेपाल दक्षिणपन्थी शक्तिको चंगुलमा फस्दा नेपालको कम्युनिष्ट आन्दोलनलाई घात भइरहेको बताएका हुन् ।

‘दक्षिणपन्थी अवसरवादले ग्रस्त केही नेताले जतिसुकै घात गरे पनि नेपालको कम्युनिष्ट आन्दोलन अविचलित ढंगले समाजवादको बाटोमा अघि बढ्छ,’ उनले भने ।

त्यस्तै अर्का केन्द्रीय सदस्य शरेस नेपालले पार्टीमा देखापर्ने अराजकता र अनुशासनहीनतालाई ग्रासरुट अभियानले अन्त्य गर्ने बताए ।

भेलामा प्रदेश कमिटीका उपाध्यक्ष रामहरि सुवेदी, जिल्ला अध्यक्ष कमल नेपाल, प्रदेश कमिटी सदस्य होमनारायण श्रेष्ठ, भरत पराजुली, हरिबल्लव नेपाल, कार्केल लामा, कमला कायस्थलगायतले अभियानबारे चर्चा गरेका थिए ।

विस्तारित भेला पालिका कमिटीका अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाले आफ्नो पालिकाभित्र गरिने समग्र योजना पारित गरेको छ ।