३० आश्विन २०८३, शुक्रबार

मिसन ग्रासरूटको कार्यक्रममा हिँडेका एमाले नेता थापाको दुर्घटनामा परी मृत्यु

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, २० फागुन । नेकपा एमालेले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गतको कार्यक्रममा सहभागी हुन हिँडेका एमाले नेता रामबहादुर थापा गोपालको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

प्युठानको माण्डवी गाउँपालिका–५ आपचौरमा भएको दुर्घटनामा परी नेकपा एमाले जिल्ला कमिटी प्युठानका सदस्य थापाको मृत्यु भएको हो । बाटोमा काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसीबी र थापा सवार लु२१प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

मोटरसाइकल चलाइरहेका ४२ वर्षका थापा ऐरावती–२ निवासी हुन् । मोटरसाइकलको पछाडि बसेकी ऐरावती–२ की बसन्ता भुसाल आचार्य घाइते भएकी छन् । भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

एमाले प्युठानका जिल्ला कमिटी सदस्यद्वय थापा र भुसाल मिसन ग्रासरुट अभियानअन्तर्गतको कार्यक्रममा सहभागी हुन जिल्लाको सरुमारानी–२ रानीबगरतर्फ गइरहेका थिए ।

दुर्घटनापछि निर्धारित कार्यक्रम स्थगित गरिएको छ ।