३० आश्विन २०८३, शुक्रबार

होली तथा ला टोमाटिनो फेस्टिबल आयोजना गर्दै ग्लोबल टुरिजम काउन्सिल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले होली तथा स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिबल आयोजना गर्ने भएको छ ।

पर्यटन प्रवर्द्धन र पर्यटनप्रति युवा पुस्ताको आकर्षण बढाउन आगामी सोमबार फागु पर्वको अवसर पारेर फेस्टिबल आयोजना गर्न लागिएको हो । कार्यक्रम नेपाल स्काउट लैनचौरमा सोमबा दिउँसो १२ बजेदेखि सुरू हुने बताइएको छ ।

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाले नेपाली संस्कृतिसँगै विदेशी संस्कृतिको आदानप्रदानका लागि यस्ता फेस्टिबलले सहयोग पुग्ने बताए ।

विदेशी संस्कृतिलाई भित्र्याएको आरोपको खण्डन गर्दै अध्यक्ष सापकोटाले नेपालको संस्कृति विदेशीलाई चिनाउन र उताको संस्कृति हामीले सिक्ने मौका भएको जिकिर गरे । यस्ता कार्यक्रमले दुई देशको भाइचारा बढने सापकोटाको विश्वास छ ।

काउन्सिलले यसका अलावा पर्यटन क्षेत्रका स्टेक होल्डरलाई समेटेर होटेल तथा पर्यटन अवार्ड आयोजना गर्ने तयारी पनि गरेको छ । उनले पर्यटन बोर्डले आफ्ना केही बाध्यताले यस्ता कार्यक्रम आयोजना गर्न नसकेको अवस्थामा निजी स्तरबाट आयोजना हुने कार्यक्रमले पर्यटकको बसाइ लम्बिने दाबी गरे ।

काउन्सिलले नेपालमा मात्र नभएर विदेशमा पनि यस्ता कार्यक्रमको आयोजना गर्ने तयारी रहेको जानकारी अध्यक्ष सापकोटाले दिएका छन् । काउन्सिलले फेस्टिबलका लागि आवश्यक पर्ने गोलभेडा पनि सिधै किसानबाट खरिद गर्ने जनाएको छ । फेस्टिबलमा प्रतियोगितात्मक रुपमा महिलाहरुको कवडीको पनि आयोजना गर्न लागेको छ ।