
काठमाडौं, २० फागुन । होली इभेन्टको टिकट आईएमई–पेबाट खरिद गर्न सकिने भएको छ ।
आईएमई–पेले यो वर्षको होलीका लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकटप्रदायकको रुपमा रहने बताएको छ ।
ग्राहकलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उद्देश्यका साथ आईएमई–पेले होली इभेन्ट टिकटिङ सुबिधा प्रदान गरेको जनाएको छ ।
आईएमई–पेमा ग्राहकहरूले तीन वटा फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्ने छन् ।
कम्पनीले दिएको जानकारी अनुसार कल रेल्ला, अन्नपूर्ण होटेल, कलर स्प्ल्यास, द मल्ल होटेल र होली फिएस्ता २०२३, सिद्दार्थ बुटिक होटेलको टिकट प्राप्त गर्न सकिने छ ।
यी इभेन्टहरु क्रमश: रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट र अर्बन इन्टरटेनमेन्टले आयोजना गर्दैछन् ।















प्रतिक्रिया