
काठमाडौं, २० फागुन । निर्धारित दरभन्दा धेरै भाडा असुल्ने पाँच जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने सुविधा काउण्टरका कामदार २४ वर्षीय दुर्गा तामाङ, २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरका कामदार ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाका सुमो चालक २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरका सुमो चालक २४ वर्षीय कृष्णबहादुर योञ्जन छन् ।
उनीहरूलाई विशेष चेकजाँचका क्रममा ट्राफिक प्रहरीले बल्खुबाट पक्राउ गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयस्थित पीडित सहायता इकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले शनिबार बिहानै बल्खु क्षेत्रमा अनुगमन गरेको थियो । सोही क्रममा तोकिएको दरभन्दा बढी भाडा असुलेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
होली मनाउन काठमाडौंबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउण्टरबाट निर्धारित भन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि ट्राफिक प्रहरीले अनुगमन गरेको थियो ।
ट्राफिक प्रहरीका अनुसार निर्धारण गरिएको भन्दा बढी असुलिएको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले यस्ता अनुगन आगमी दिनमा पनि जारी रहने जानकारी दिएका छन् ।















प्रतिक्रिया