३० आश्विन २०८३, शुक्रबार

सिञ्जामा ‘मिसन ग्रासरुट’ : एमालेबाहेक अरु पार्टीले मुलुक बनाउन नसक्ने विष्णु रिजालको दाबी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, २० फागुन । नेकपा एमालेले यही फागुन ५ गतेदेखि देशभर सुरू गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ नेपाली भाषाको उद्गमस्थल सिञ्जा पनि पुगेको छ ।

अचियानअन्तर्गत सिञ्जा गाउँपालिका कमिटीले सिञ्जाको नराकोटमा गाउँपालिकास्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालको प्रमुख आतिथ्यता र पालिका कमिटी अध्यक्ष युवराज बमको अध्यक्षतामा वृहत् अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको पालिका कमिटी अध्यक्ष युवराज बलमे जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय प्रचार विभाग उपप्रमुख समेत रहेका विष्णु रिजालले एमालेबाहेक अन्य पार्टीहरूले देश बनाउन नसक्ने दाबी गरेका छन् । ‘अरु पार्टीले मुुलुक बनाउन सक्दैनन् भन्ने प्रमाणित भइसकेको छ । उग्रवापन्थी र दक्षिणपन्थीहरूको गठजोड कुनै सकारात्मक एजेन्डाका लागि नभएर मुलुकलाई मिलेर तहसनहस पार्नका लागि हो । नेपाल र नेपालीका लागि होइन,’ रिजालले भने, ‘विदेशीका लागि कम्फर्टेबल सरकार बनेकाले हामी यसबाट कुनै सकारात्मक आशा गर्न सक्दैनौँ ।’

अप्राकृतिक र अवाञ्छित रूपमा छापामार शैलीले पर्दा पछाडिबाट बनेको गठबन्धन सरकार मुलुकका लागि अभिशाप भएको नेता रिजालको भनाइ थियो । अर्को चुनावबाट एकल बहुमत ल्याउने गरी काममा खट्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

आफ्नो इतिहास र पूर्खाहरूको योगदानप्रति गौरव गर्दै सुन्दर कर्णाली बनाउन कर्णालीकै नागरिक जाग्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि समृद्धिलाई एजेन्डा बनाएको पार्टी एमालेले जित्नु अनिवार्य रहेको तर्क गरे ।

कार्यक्रमलाई केन्द्रीय प्रतिनिधि गेहेन्द्र दाहाल, जुम्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य मेनका रेग्मीलगायत वक्ताहरूले सम्बोधन गरेका थिए । भेलाले सबै वडाका लागि संगठन सुदृढीकरण तथा विस्तार अभियानको कार्ययोजना बनाउनाका साथै तत्काल कार्यक्रम सुरू गरिने पालिका अध्यक्ष बलमे जानकारी दिए ।