
काठमाडौं, २० फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज तीन वटा खेल हुँदैछन् ।
च्यासल मैदानमा हुने खेलमा दिउँसो साढे २ बजे नेपाल पुलिस क्लब र ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । त्यस्तै दशरथ रङ्गशालामा दिउँसो साढे २ बजे एपीएफ र थ्री स्टार तथा बेलुका साढे ५ बजे मनाङ र हिमालयन शेर्पाबीच खेल हुनेछ ।
लिगमा सहभागी १४ क्लबबीच हुने १८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।















प्रतिक्रिया