३० आश्विन २०८३, शुक्रबार

चन्द्रागिरिमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरू

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेकपा एमालेकाले फगुन ५ गतेदेखि सुरू गरेको पार्टी सुदृढीकरण तथा विस्तार ‘मिसन ग्रासरुट’ अभियान काठमाडौंको चन्द्रागिरि नगरपालिकामा शुक्रबारदेखि सुरू गरिएको छ ।

पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता र नगर कमिटीका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा नगरकमिटीको आठौं पूर्ण बैठक तथा मिसन ग्रासरुट अभियान कार्यक्रम आयोजना गरी नगरपालिकाले अभियान सुरू गरेको हो ।

बैठकले अभियानअन्तर्गत सञ्चालन गरिने विभिन्न कार्यक्रमहरूको कार्ययोजना तयार पारेको छ । बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य नवीना लामासहित प्रदेश कमिटी र जिल्ला कमिटी तथा विभिन्न संगठनहरूमा आवद्ध नेताहरूको सहभागिता थियो ।