३० आश्विन २०८३, शुक्रबार

आजको मौसम : काठमाडौंसहित केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । देशका धेरै ठाउँमा आज मौसम आंशिक बदली रहने भएको छ ।

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसोपख यी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा पनि दिउँसोपख मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । साथै आज उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली नै रहने अनुमान छ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका अरु बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने छ ।