३० आश्विन २०८३, शुक्रबार

‘नेपाल राजनीतिक र आर्थिक हिसाबले जटिल मोडमा पुग्यो, परनिर्भरता चाहने बलशाली बने’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २० फागुन । नेकपा एमालेका सचिव गोकर्ण विष्टले मुलुकमा परनिर्भरता चाहने शक्तिहरू बलशाली बन्दा नेपालको राजनीतिक र आर्थिक अवस्था निक्कै जटिल मोडमा पुगेको बताएका छन् ।

पार्टी सुदुढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरूट’अन्तर्गत रामेछापको रामेछाप नगरपालिका नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै सचिव विष्टले अहिले नेपाल सधैं अरूको निर्भरतामा रहोस् भन्ने चाहना राख्ने शक्तिहरू बलशाली भएको र फलस्वरुप मुलुकको राजनीतिक र आर्थिक अवस्था जटिल मोडमा पुगेका बताएका हुन् ।

राजनीतिक अस्थिरतालाई परास्त गर्देै मुलुकमा सामाजिक न्यायसहितको समृद्धि चाहिएको बताउँदै उनले अहिलेको निर्वाचन प्रणालीले एउटा पार्टीले बहुमत प्राप्त गर्ने अवस्था निक्कै चुनौतीपूर्ण रहेको चर्चा गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा छेपारो जस्तो छिनको छिन रङ्ग फेर्ने चरित्र रहेको र उनको चरित्रले अहिले बनेको गठबन्धन पनि लामो समयसम्म टिक्ने अवस्था नरहेको उनको भनाइ छ ।

नेकपा एमालेले लिएको समृद्ध नेपाल निर्माण अभियानका लागि नेकपा एमाले बलियो पार्टी बन्नुपर्नेमा जोड दिदै विष्टले त्यसैका लागि मिसन ग्रासरुट अभियान सुरू गरिएको स्पष्ट पारे ।