३० आश्विन २०८३, शुक्रबार

गगनलाई गोकुलको प्रश्न– प्रचण्डको पाउमा तेल घसेर कांग्रेस आफ्नै खुट्टामा उभिन्छ ?

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुट्टामा तेल घसेर कांग्रेस कहिल्यै आफ्नो खुट्टामा उभिन नसक्ने बताएका छन् ।

कांग्रेस महामन्त्री पदका लागि उम्मेदवार दिने क्रममा गगन थापाले दिएको एउटा अभिव्यक्तिलाई स्मरण गर्दै बास्कोटाले सामाजिक सञ्जालमार्फत थापामाथि सोचनीय टिप्पणी र प्रश्न गरेका हुन् ।

नेता बास्कोटाले महामन्त्री थापामाथि प्रश्न गर्दै भनेका छन्, ‘गगनले भन्याथे– कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उमेदवारी । तर, आज उनी प्रचण्डको पाउमा तेल घस्दैछन ।’ प्रचण्डको पाउमा तेल घसेर कांग्रेस बलियो नबन्ने यथार्थ बास्कोटाले गगनलाई स्मरण गराएका छन् ।

उनले अगाडि भनेका छन्, ‘रामचन्द्र हराऊ, सुवास जिताऊ । प्रचण्ड होइन, देउवालाई तुलनात्मक जनमत प्राप्त छ । चकचकेको कचकच बन्द हुनै पर्छ । राम पुज्ने हो, खराऊ पुज्नु भ्रम, देउवा सत्य प्रचण्ड भ्रम ।’ प्रचण्डको तुलनामा कांग्रेस सभापति शेरबहादुर देउवा जनमतप्राप्त व्यक्ति भएकाले कांग्रेसले प्रचण्डलाई पुज्नुको सट्टा आफ्नै सभापतिलाई सत्ता नेतृत्वमा अगाडि बढाउँदा उपयुक्त हुने धारणा बास्कोटाको छ ।

यस्तै उनले राष्ट्रपति पदका लागि रामचन्द्रको तुलनामा सुवासचन्द्र नेम्वाङ धेरै कारणले उपयुक्त पात्र भएको दाबी पनि गरेका छन् । त्यसकारण नेम्वाङलाई जिताउन बास्कोटाले कांग्रेसजनमा समेत अपील गरेका छन् ।