३० आश्विन २०८३, शुक्रबार

अनेम संघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै, २४ गते विशेष कार्यक्रम गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । अखिल नेपाल महिला संघ (अनेम संघ) सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीले ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाउने भएको छ ।

११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात् ८ मार्चको अवसरमा आगामी बुधबार अनेक संघले विशेष कार्यक्रम आयोजन गर्ने भएको छ । उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूबीच बिहीबार भएको छलफलले दिवस मनाउने र कार्यक्रम गर्ने निर्णय गरेको सम्मेलन आयोजक कमिटीकी सचिव सुजिता शाक्यले जानकारी दिइन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा तुल्सीलाल स्मृति भवन च्यासलमा आयोजना हुने कार्यक्रममा उल्लेख्य सहभागिताका लागि नेता तथा कार्यकर्ताहरूमा अनेमसंघले अपील गरेको छ ।

अनेमसंघले ‘समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, समान सहभागिताका लागि सुदृढ संगठन’ नारासहित विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदैछ ।

११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा यूएन ओमन र संयुक्त राष्ट्र संघले ‘डिजिट अल : इन्नोभेसन एण्ड टेक्नोलोजी फर जेण्डर इक्वेलिटी’ नारा तय गरेको छ । सोही नारालाई आधार बनाएर नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘लैङ्गिक समानताको बलियो आधार : सृजनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार’ नारा तय गरेको छ ।