
काठमाडौं, १९ फागुन । चर्चित सांगितिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको स्वरमा स्वरमा सजिएको ‘नौडाँडा पारी–२’ गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ ।
लोक सेलो बिटको मिश्रण रहेको गीतलाई हाल अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका संगीतकार टीका दहालले संगीतवद्ध गरेका छन् ।
टाढा रहेका दुई प्रेमीहरूको सम्झना र कल्पनालाई समेटिएको गीत चर्चित गीतकार रमेश दहालले लेखेका हुन् । गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडिओमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङबीचको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । चित्लाङ वरपरका रमणीय दृश्य समेटिएको गीतको भिडिओलाई बुद्ध थापाले छायाँकन गरेका हुन् ।















प्रतिक्रिया