
कपिलवस्तु, १९ फागुन । कपिलवस्तुको शिवराज नगरपालिकामा मिर्गौला पीडित बिरामीहरुका लागि नि:शुल्क यातायात सेवा सुरू गरिएको छ ।
बिहीबार एक कार्यक्रमबीच शिवराज नगरपालिका नगर प्रमुख अजय थापा र उप प्रमुख शिवकुमारी थारुले संयुक्त रुपमा यातायात सञ्चालन शुभारम्भ गरे ।
नगरप्रमुख अजय थापाको पहलमा मिर्गौलाको डाइलासिस गर्न चन्द्रौटादेखि बुटवल र भैरहवाका जानका लागि यस आर्थिक वर्षमा शिवराज नगरपालिकाको नगरस्तरीय थप योजनाबाट रू. २ लाख विनियोजित भएको मिर्गौला पीडित समितिका अध्यक्ष विष्णु हमालले जानकारी दिए ।
कार्यक्रमा नगरपालिकाका प्रमुख अजय थापाले शिवराज नगरपालिकाले नगरभित्र रहेका हरेक नागरिकको सुख–दु:खमा साथ रहने बताए । यस्तै उप–प्रमुख शिवकुमारी थारुले शिवराज नगरपालिका सदैव नागरिकको हितमा काम गर्ने बताइन् । -दिपक खड्का















प्रतिक्रिया