
काठमाडों, १९ फागुन । नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी) माथि तीन विकेटको जित हासिल गरेको छ ।
पपुवा न्युगिनीमाथि जितका लागि १८० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गर्दै जित हासिल गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको पीएनजीले ४ बल बाँकी रहँदा सबै विकेट गुमाएर १७९ रन जोडेको थियो । सोमपाल र दीपेन्द्रले दुई दुई विकेट लिए भने सन्दीप, करन केसी र कुशल मल्लले एक एक विकेट हात पारे ।
विश्वकप लिग २ मा ३१ खेलबाट ३० अंक भएको नेपाल तालिकाको छेटौँ स्थानमा रहेको छ । जारी शृंखलाको पहिलो खेलमा पीएनजीलाई हराएको नेपाल बिहीबार घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको थियो ।
यो शृंखलाको अन्तिम खेलमा नेपालले अब यूएईसँग खेल्ने छ । आजको जितसँगै नेपालको सोझै ओडीआई मान्यता प्राप्त गर्ने सम्भावना बढेको छ ।















प्रतिक्रिया