२ कार्तिक २०८३, सोमबार

सुवास रेग्मीविरुद्ध ५ वर्ष जेल सजाय माग गर्दै मुद्दा दर्ता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । विन्दवासिनी म्युजिकका सञ्चालकका सुवास रेग्मीविरुद्ध ५ वर्ष कैद सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता भएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार रेग्मीविरूद्द मुद्दा दर्ता गरेको हो । यो कसुर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

रेग्मी फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । गायक प्रमोद खरेल लगायतका कलाकारहरुले सामाजिक सञ्जालमार्फत रेग्मीले आफूहरुको चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि रेग्मी पक्राउ परेका हुन् ।

रेग्मीले विशेषगरी गायक प्रमोदलाई सामाजिक सञ्जालमा तथानाम गाली गरेका थिए । सामाजिक सञ्जालमा रेग्मीले प्रमोदलाई बौलाहा कुकुर भन्दै गालीसमेत गरेका छन् ।