२ कार्तिक २०८३, सोमबार

अब बन्ने राष्ट्रपतिलाई विगतको जस्तो गल्ती गर्ने छुट छैन: गगन थापा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब बन्ने राष्ट्रपतिलाई विगतको जस्तो गल्ती गर्ने छुट नभएको बताएका छन् ।

आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ दलले शुक्रबार काठमाडौंमा गरेको बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रममा थापाले विगतमा राष्ट्रपतिको संस्थाबाट धेरै त्रुटी भएको भन्दै अबको राष्ट्रपतिलाई गल्ती गर्ने छुट नभएको बताएका हुन् ।

उनले एउटा व्यक्तिका कारण गत पाँच बर्ष खेर गएको भन्दै अबको समयमा जनतामा आशा सञ्चार गर्ने काम गर्नुपर्ने धारणा राखे ।

थापाले जनताका लागि परिणाममुखी काम गर्न सके गठबन्धनले औचित्य पुष्टि गर्नै नपर्ने बताए । थापाले अब बन्ने राष्ट्रपति दलको प्रतिनिधि हुन नसक्ने जिकिर गरे ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल लगाएतका शिर्ष नेतामा पदको लोभ नभएकै कारण नयाँ गठबन्धन बन्न सकेको जिकिर गरे ।