३० आश्विन २०८३, शुक्रबार

आईसीसी विश्व कप क्रिकेट लिग–२ : पीएनजीले नेपाललाई दियो १८० रनको विजय लक्ष्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १८० रनको लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९ ओभर २ बलमा १७९ रनमा अलआउट भयो ।

बलिङतर्फ नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २/२ र सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।

यस शृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई हराएको थियो । हिजो बिहीबारको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो ।