३० आश्विन २०८३, शुक्रबार

उपराष्ट्रपति जसपालाई दिने सहमति नभएको डा. सीके राउतको दाबी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादी पार्टी (जसपा) लाई उपराष्ट्रपति पद दिने सहमति कतै पनि नभएको दाबी गरेका छन् ।

बिहीबार एकटेलिभिजन अन्तर्वार्तामा उनले वर्तमान सत्ता गठबन्धनभित्र उपराष्ट्रपति जसपालाई दिने बारेमा कुनै सहमति नभएको दाबी गरेका हुन् ।

‘अहिले हामी राष्ट्रपतिको मात्रै कुरा गर्छौं । उपराष्ट्रपति छुट्टै कुरा हो । त्यसलाई छुट्टै रुपमा हेर्नुपर्छ र त्यसमा हाम्रो धेरै किसिमको दाबीहरु रहनसक्छ,’ उनले भने, ‘उपराष्ट्रपतिमा हामीले उम्मेदवारी दिएनौं भने प्रदेशमा मुख्य मन्त्री दिनसक्नु पर्छ । अन्य कुराहरु हुनसक्छ । उपराष्ट्रपति जसपाले पाउने भनेर कुनै पनि सहमति भएको छैन । यसलाई अनावश्यक रुपमा चर्चा गर्नुहुँदैन ।’

राउतले उपराष्ट्रपति पद जनमत पार्टीले पाउनुपर्ने दाबी गरेका छन् । यसअघिको गठबन्धनमा केही दाबी नगरेको पार्टीले अब भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष धेरै कुराको दाबी प्रस्तुत गर्ने उनको भनाइ छ ।