
काठमाडौं, १९ फागुन । गायक आशिष ताम्राकारको निधन भएको छ। ताम्राकारको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
उनी लामो समयदेखि कलेजो, मिर्गौलाको समस्याबाट पीडित थिए । ४४ वर्षको उमेरमा उनको निधन भएको हो ।
उनका ‘प्रेमपत्र लेख्दै पातपातमा, मलाई पनि सँगै लैजाऊ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका गीतहरु चर्चित छन् ।
खोटाङ स्थायी घर भइ काठमाडौं बस्दै आएका ताम्राकारका श्रीमती र दुई छोरी छन्।















प्रतिक्रिया