
काठमाडौं, १९ फागुन । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नारायण परिश्रमिक र हुकुमबहादुर लामा रहेका छन् ।
गत मंसिर १२ गते थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगर प्रहरीमाथि सुकुम्बासीले आक्रमण गरेका थिए ।
आक्रमणबाट प्रमुख पाण्डेसहित ३६ जना नगरप्रहरी घाइते भएका थिए ।















प्रतिक्रिया