
काठमाडौं, १९ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्त:शुल्क स्टिकर छाप्न निर्देशन दिएकी छिन् ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयबाट बजेट विनियोजन गरिएकाले चैत मसान्तसम्म अन्त:शुल्क छाप्न निर्देशन दिएकी हुन् ।
एक चरणको परिणाम आयो भने बाकी काम अघि बढाउन आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गर्ने पनि मन्त्री शर्माले बताइन् ।
यसको प्रभावकारिताको आधारमा थप काम अघि बढाइने उनको भनाई छ ।















प्रतिक्रिया