
काठमाडौं, १९ फागुन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एकसय रूपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रूपैयाँले घटेको छ । चाँदी प्रतितोला एकहजार २ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया