३० कार्तिक २०८३, सोमबार

कार्यकारी पदमा महिला र पुरुषलाई आलोपालो गर्नुपर्छ: प्रदेश उपसभामुख चापागाईँ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईँले मुख्य पदमा महिलाको प्रतिनिधित्वको लागि कार्यकारी पदमा महिला र पुरुषबीच आलोपालोको व्यवस्था गर्नु पर्ने बताएकी छिन् ।

बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले, एक कार्यकाल महिला छ भने अर्को कार्यकाल पुरुष जाने खालको व्यवस्था अनिवार्य गरिनुपर्ने बताएकी हुन् ।

उनले भनिन् ‘मुख्य पद अध्यक्ष, मेयर , राष्ट्रपति , सभामुख जस्ता पद जाने हो भने एक कार्यकाल महिला छ भने अर्को कार्यकाल पूरुषमा जाने दालको व्यबस्था अनिवार्य लेख्नु पर्छ नत्र लिखित रुपमा भएन भने नहुने रहेछ । प्रतिनिधित्व ल्याउँन दलीय संरचनाको प्रतिनिधित्व राज्यमा भएकोले सबै दलमा यो कुरा आउँने मेकानिजम हुनु पर्छ ।’