३० आश्विन २०८३, शुक्रबार

त्रिदेशीय मार्ग निर्माण गर्न राष्ट्रपति भण्डारीको आग्रह

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय मार्ग निर्माण गर्न सम्बद्ध पक्षसँग आग्रह गरेकी छिन् ।

आज बिहीबार दोलखाको सदरमुकाम चरिकोटमा टुकीको ४५औँ वार्षिकोत्सवको अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सडक विकासको पूर्वाधार भएकाले छिटोभन्दा छिटो सडक निर्माणमा जुट्न तीनै तहका सरकारलाई आग्रह गरेकी छिन् ।

प्राचीन नाकाको रुपमा रहेको लामाबगर नाका खोल्न सकेमा त्रिदेशीय यातायात सञ्चालन भई जनतामा विकासको ढोका खोलिने र समृद्धि विकास हुने राष्ट्रपति भण्डारीको भनाइ छ । लामाबगर नाका खोल्न सके दोलखाको महत्वपूर्ण पर्यटकीय स्थलको पनि उजागर भई आयआर्जनमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरेकी छिन् ।

समग्र नेपालको अर्थतन्त्र चलायमान बनाउन पनि त्रिदेशीय मार्ग आवश्यक रहेको भन्दै उनले जिल्लावासी सबैलाई त्यसका लागि जुट्न आग्रह गरेकी छिन् ।