३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपतिका उम्मेदवारद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको दौडधुप तीव्र (भिडिओ)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । राष्ट्रपति निर्वाचनका लागि मैदानमा होमिएका दुई जना उम्मेदवारले आ–आफ्नो दौडधुपलाई तीव्र पारेका छन् ।

नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै नेपाली कांग्रेसबाहेक अन्य सबै दललाई केही दिनअगाडि पत्र पठाइसकेको छ भने राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलले पनि आफूलाई मत माग्दै सांसदहरूलाई पत्राचार गरेका छन् ।

पौडेलले आफ्नो लेटरप्याडमा सबै सांसदहरूलाई सम्बोधन गरी पत्र लेखेर मत मागेका हुन् । राष्ट्रपतिका लागि यही फागुन २५ गते मतदान हुँदैछ । उक्त चुनावमा नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मैदानमा छन् ।

एमालेका नेम्वाङ र कांग्रेसका पौडेल दुवैजना पूर्वसभामुख हुन् । त्यसमध्ये एमालेका नेम्वाङ दुई पटक संविधान सभा अध्यक्ष बनेर सफलतापूर्वक जिम्मेवारी पूरा गरिसकेका छन् । नेम्वाङले कानुनमा स्नातक गरेका छन् । यी दुईमध्ये एक जना फागुन २५ गते गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति बन्दैछन् ।