
काठमाडौं, १८ फागुन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कमलविनायक–नगरकोट सडकको अनुगमन गरेका छन् ।
अनुगमनमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव मन्त्रालयका सचिव, सडक विभागका डिजी सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसहितको टोली अनुगमनमा पुगेका हुन् ।
सडक आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेकाले अनुगमनमा नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी भएका हुन् ।
कमलविनायक–नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा जनताले वर्षौंदेखि कष्ट भोग्नु परेको छ ।















प्रतिक्रिया