
काठमाडौं, १८ फागुन । चितवमा एक युवती मृत फेला परेकी छिन् ।
भरतपुर महानगरपालिका-१० मा आसामकी १९ वर्षीया सुनिता देवी मृत फेला परेकी हुन् । उनी र अरु दुईजना साथिहरु भरतपुरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।
बुधबार राति भने उनीहरुको फ्ल्याटमा मृतक सुनिता र उनकी अर्की एक साथिसहित अन्य दुई जना युवाहरुसमेत बसेको खुलेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुबीच झैझगडा हुँदा सुनिताले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने बताइएको छ । उनका साथीहरुले पासो काटेको अवस्थामा शव फेला परेको थियो ।
मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । घटनामा सँगै रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।















प्रतिक्रिया