
काठमाडौं, १८ फागुन । नेकपा (एमाले)का नेताहरुले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् ।
अध्यक्ष नेपाललाई भेट्न राष्ट्रपतिका उम्मेदवारसमेत रहेका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ नेकपा एसको कार्यालयमै पुगेका थिए ।
एमालेका नेताहरुले राष्ट्रपतिमा एमालेबाट उम्मेदवार रहेका नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए ।















प्रतिक्रिया