३० कार्तिक २०८३, सोमबार

कांग्रेसले राष्ट्रपति निर्वाचन केन्द्रीत अभिमुखीकरण कार्यक्रम गर्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरुलाई राष्ट्रपति निर्वाचन केन्द्रीत अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रीत अभिमुखीकरण कार्यक्रम दिउँसो १ बजे तीनकुने स्थित रोयल ब्याक्वेटमा गर्न लागिएको जनाएको छ ।

अभिमुखीकरण कार्यक्रममा आठ दलीय गठबन्धनका सांसदहरु पनि सहभागि हुने कांग्रेसले जनाएको छ ।

राष्ट्रपति चयनका लागि यहि फागुन २५ गते मतदान हुँदै छ ।

राष्ट्रपतिका लागि कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।