३० कार्तिक २०८३, सोमबार

अवैध रूपमा ल्याउँदै गरेको मल बरामत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । गैंडाकोट नगरपालिका –२ स्थित पुलको बाटोबाट अवैध रूपमा ल्याउँदै गरेको युरिया र डिएपी मल प्रहरीले बरामत गरेको छ ।

ईलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरीले लु.१ ख ७०२४ नम्बरको ट्रकलाई जाँच गर्नेक्रममा दुई सय बोरा चामलको बिल बनाई १ सय ४ बोरा युरिया र ७६ बोरा डिएपी मल ल्याउदैँ गरेको ट्रकसहित चालकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । उक्त बरामद मल भन्सार कार्यालय त्रिवेणीमा बुझाइएको प्रहरीको भनाइ छ । त्यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।