
काठमाडौं, १७ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अछामका पृथ्वीबहादुर शाहविरुद्धको अनुसन्धान सकाएको छ । सीआइबीले आज पत्रकार सम्मेलन गरी अनुसन्धान सकिएको जानकारी दिएको हो ।
सीआइबीले शाहविरुद्व चारवटा शिर्षकमा मुद्दा चलाउन सुझाव दिएको छ । शाहविरुद्व ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध शीर्षका चारवटा कसुरमा मुद्दा दायर गर्न सुझाव सीआइबीले दिएको छ । शाहविरुद्व पीडित भएकाहरुले २४ वटा उजुरी हालेका थिए।
प्रहरीका अनुसार शाहबाट पीडित भएकाहरुको संख्या ५६ रहेको खुलेको छ। शाहसँगै यी अपराधमा अन्य २० जना संलग्न रहेको पाइएको सीआईबीले जनाएको छ। जसमध्ये अहिलेसम्म ७ जनालाई पक्राउ गरिएको भने १६ जना अझै फरार रहेका छन्। शाहले विदेशी नागरिकहरुलाई एन्टीभाइरस अपडेट र अमाजोनको बिल भुक्तानी लगायतका बहानामा विदेशी नागरिकहरुसँग सम्पर्क गरेको खुलेको छ।
शाहले त्यसपछि रिमोट एक्सेसबाट उनीहरुको डिभाइसमा गैरकानुनी पहुँच बनाएर बैंक एकाउन्टमा पहुँच पुर्याइ उक्त रकम नेपाल र थाइल्यान्डसमेत पठाउने गरेको सीआईबीले जनाएको छ। उनले २४ जना पीडितहरुबाट २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठग्न सफल भएको सीआईबीको अनुसन्धानबाट खुलेको छ।
शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेका थिए । शाहले केही रकम अमेरिकाबाट नेपाल भित्र्याउन सफल पनि भएका थिए ।















प्रतिक्रिया