२ कार्तिक २०८३, सोमबार

विराटनगरमा निषेधित क्षेत्र घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । विराटनगरमा जिल्ला प्रशासन कार्यालय मोरङ्ले निषेधाज्ञा जारी गरेको छ ।

प्रदेश नामांकरणका लागि आज प्रस्ताव पेश भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै निषेधित क्षेत्र घोषणा गरिएको हो ।

प्रदेश १ को नामांकरण आजै टुंग्याउने तयारी छ । नामकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागुन्जेलसम्मका लागि प्रदेश सभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरवर दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो ।