२ कार्तिक २०८३, सोमबार

प्रदेश १ को नामांकरण: अर्को नाम ‘किराँत लिम्बुवान सगरमाथा’ प्रस्ताव

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । प्रदेश नम्बर १ को नामांकरणका लागि आज प्रस्ताव पेश भएका छन् ।

यसअघि कोसी नाम प्रस्ताव भइसकेकोमा अर्को नाम किराँत लिम्बुवान सगरमाथा पनि प्रस्ताव गरिएको छ ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीकोतर्फबाट किराँत लिम्बुवान सगरमाथा नाम प्रस्ताव गरिएको हो ।

यसअघि नेपाली काँग्रस र एमालेले कोसी नाम प्रस्ताव गरिसकेका छन् । कोसीमा माओवादीले पनि समर्थन गर्ने बताइसकेको छ ।