
काठमाडौं, १७ फागुन । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा पाँचसयले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख दई हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख एक हजार आठसय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रूपैँयाले बढेको छ ।
चाँदी प्रतितोला एक हजार दुई सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया