२ कार्तिक २०८३, सोमबार

प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । आजका लागि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

अर्को बैठक चैत ५ गते मात्रै बस्ने भएको छ । आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण सो समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको बैठक चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।