
काठमाडौं, १७ फागुन । प्रहरीले बिना दर्ता सञ्चालन भएको औषधी पसलमा छापा हानेकोे छ । पसल सञ्चालक रौतहट देवाहिबोनाही नपा–१ का २७ बर्षीय अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनले भक्तपुरस्थित मध्यपुर ठिमी नपा–५ निकोशेरामा औषधी पसल सञ्चालन गर्दै आएका थिए ।
लागू औषधका दुब्र्यसनीले प्रयोग गर्ने स्पासपेन, प्रेगाब्लिन, टेनाड जस्ता औषधी अवैध तवरले बिक्रि गरेको खुलेपछि प्रहरीले उनको पसलमा छापा हानेको थियो ।
प्रहरीका अनुसार उनको औषधी पसलमा दर्ता नभएका विभिन्न आठ किसिमका औषधी बरामद भएको छ ।












प्रतिक्रिया