३० कार्तिक २०८३, सोमबार

चितवन–२ उपनिर्वाचनः यी १८ पार्टीले गरे दल दर्ता

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १७ फागुन । चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका अनुसार दल दर्ताका लागि फागुन १० गतेदेखि १६ गतेसम्मको समयसीमा निर्धारण गरिएकोमा १८ दल दर्ता भएका हुन् ।

आयोगका अनुसार उपनिर्वाचनका लागि नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दल दर्ता गरेका छन् ।

यसैगरी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, नेपाली कांग्रेस (बीपी), मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय जनमुक्ति, नेकपा माओवादी समाजवादी, पुनर्जागरण पार्टी, मौलिक जरोकिलो, राष्ट्रिय मुक्ति आन्दोलन र जय जनमुक्ति पार्टीले दर्ता दल गराएका छन् ।

नागरिकता प्रकरणमा अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज भएपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो ।